सीमा विवादबारे शिक्षामन्त्रीबाट भारतीय मन्त्रीको ध्यानाकर्षण « Khabarhub

सीमा विवादबारे शिक्षामन्त्रीबाट भारतीय मन्त्रीको ध्यानाकर्षण


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको सीमा विवाद कूटनीतिक संवादबाट चाँडो समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।

महासभामा नेपाली प्रमण्डलको नेतृत्व गरिरहनुभएका मन्त्री पोखरेल र भारतीय मानव संसाधन विकासमन्त्री रमेश पोख्रियाल ‘निशाङ्क’ बीच भएको भेटवार्तामा दुवै देशको शिक्षा नीति, योग तथा आयुर्वेद शिक्षा र विद्यार्थीका समस्याबारे अनुभव आदानप्रदान हुनाका साथै छिमेकी भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपाली भूमि लिपुलेकलाई समावेश गरेको विषयमा समेत छलफल भएको हो ।

शिक्षामन्त्री पोखरेलका निजी सचिव विनोद न्यौपानका अनुसार मन्त्री पोखरेलले सीमा विवाद समाधान गरेर दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउन आग्रह गरेका थिए ।

मन्त्री पोखरेलले भेटका क्रममा गुणस्तरीय शिक्षालाई उचाइमा पुर्‍याउन दुई देशले आपसी सम्बन्ध थप सुदृढ तुल्याउनुपर्नेमा पनि जोड दिए ।

सो अवसरमा भारतीय मन्त्रीले मन्त्री पोखरेललाई भारत भ्रमणको निम्तो दिएका थिए । भेटमा शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलगायत सहभागी थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ११ : ०७ बजे

युक्रेनसहित नयाँ सदस्य राष्ट्रसँग ईयूको सदस्यता वार्ता दोस्रो चरणमा

ब्रसेल्स – युरोपियन युनियन (ईयू) ले युक्रेनसहित सदस्यता लिन इच्छुक राष्ट्रहरूसँग

राजधानीका सुकुम्वासीले पाउने छैनन् काठमाडौंमै जग्गा 

काठमाडौंका नदी किनारबाट विस्थापित गराइएका नागरिकलाई सरकारले निजको सम्बन्धित जिल्लामा

एकैदिन विपदका ७३ घटना, २ जनाको मृत्यु, एक बेपत्ता 

काठमाडौं– अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २०

संसद्‍बाट केहीबेरमै हिँडेका बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा झुल्किएका प्रधानमन्त्री