एकैदिन विपदका ७३ घटना, २ जनाको मृत्यु, एक बेपत्ता  « Khabarhub

एकैदिन विपदका ७३ घटना, २ जनाको मृत्यु, एक बेपत्ता 


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७३ वटा प्राकृतिक प्रकोपका घटना दर्ता हुँदा दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ८ः४५ बजेदेखि आज बिहान ८ः४५ बजेसम्मको अवधिमा भएका घटनामा बाढी, पहिरो, सर्पदंश, अविरल वर्षा तथा वन्यजन्तु आक्रमणका घटना समावेश छन् ।

प्राधिकरणको तथ्यांकअनुसार उक्त अवधिमा पहिरोका ४० घटना दर्ता भएका छन्, जसबाट २६ जिल्ला प्रभावित बनेका छन् । पहिरोका कारण दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले घट्टमा पीठो पिस्न जाँदा पहिरोमा पुरिएर कालीकोटस्थित सान्नीत्रिवेणी–६ धाँमीगाउँका ४६ वर्षीय मन्दिर साउद र ७६ वर्षीय लालबहादुर साउदको मृत्यु भएको जानकारी दिइन् । 

यस्तै बाढीका १४ घटनाले १० जिल्ला प्रभावित भएका छन् । बाढीका कारण एक जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । मकवानपुर जिल्लामा बाढीका कारण एक जना स्कुटरसहित बेपत्ता भएको प्रवक्ता महतले बताइन् ।  

त्यसैगरी, अविरल वर्षाका १२ घटनाबाट आठ जिल्ला प्रभावित भएका छन् । सर्पदंशका चार, आगलागीको एक तथा वन्यजन्तु आक्रमणका तीन घटना दर्ता भएका छन् ।

जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश स्थानमा भारी वर्षा भएको जनाएको छ । विभागका अनुसार देशभर रहेका ३८० वर्षा मापन केन्द्रमध्ये २७८ केन्द्रमा वर्षाको रेकर्ड गरिएको छ । तीमध्ये ८३ केन्द्र मानव सञ्चालित र २९७ केन्द्र स्वचालित रहेका छन् ।

गत २४ घण्टामा चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा सबैभन्दा बढी ३१९.८ मिलीलिटर वर्षा मापन भएको विभागले जनाएको छ । सो केन्द्र आसपासका तीन स्थानमा २०० मिलीलिटरभन्दा बढी वर्षा भएको छ ।

विभागका अनुसार देशभर २६ वटा केन्द्रमा १०० मिलीलिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ । निरन्तर वर्षासँगै नदी तथा खोलामा बहाव बढ्ने, पहिरो खस्ने तथा सहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ३ : १२ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा