सुशीलाले खारेज गरेको सुविधा बालेनले फर्काए, सांसदले अब स्वकीय सचिव राख्न पाउने « Khabarhub

सुशीलाले खारेज गरेको सुविधा बालेनले फर्काए, सांसदले अब स्वकीय सचिव राख्न पाउने


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वालेन्द्र शाह नेतृत्वको सरकारले संघीय सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था फेरि फर्काएको छ। यससँगै तत्कालीन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले खारेज गरेको सुविधा फेरि फर्किएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै सांसदलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था पुनः लागू गर्ने निर्णय गरेको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संघीय सांसदहरूले पुनःस्वकीय सचिव राख्न पाउने जानकारी दिइन्।

यसअघि २०८२ असोज ५ गते तत्कालीन अन्तरिम सरकारले सांसदको स्वकीय सचिवसम्बन्धी सुविधा खारेज गरेको थियो।

त्यसबेला जनदबाब र जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले खर्च कटौतीका उपायस्वरूप उक्त सुविधा हटाएको थियो।

संघीय संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले २०८२ चैत ३० गते बसेको बैठकबाट स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो।

उक्त सिफारिसका आधारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ऐनको अनुसूची संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको थियो। केही समयदेखि विचाराधीन रहेको प्रस्तावलाई मन्त्रिपरिषद्ले मंगलबार स्वीकृति दिएको हो।

यसअघि संघीय सांसदहरूले शाखा अधिकृतसरह सेवा–सुविधा पाउने गरी स्वकीय सचिव राख्ने व्यवस्था रहेको थियो। अब पुनः सोही व्यवस्थाअनुसार सांसदले स्वकीय सचिव नियुक्त गर्न सक्ने भएका छन्।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ४ : १७ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा