इरानले अमेरिकी नागरिक डेना करारीलाई रिहा गर्‍यो « Khabarhub

इरानले अमेरिकी नागरिक डेना करारीलाई रिहा गर्‍यो


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले डिसेम्बर २०२४ देखि देश छोड्न नदिएकी अमेरिकी नागरिक डेना करारीलाई रिहा गरेको जानकारी दिएका छन्। उनका अनुसार करारी सुरक्षित रूपमा इरानबाट बाहिरिएर अमेरिका फर्किसकेकी छन् र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ सामाजिक सञ्जालमार्फत इरानको कदमप्रति आभार व्यक्त गर्दै यसलाई सद्भावनाको सङ्केतका रूपमा लिएको बताएका छन्। प्रारम्भिक प्रतिक्रियामा उनले करारीको नाम सार्वजनिक नगरी ‘गलत रूपमा हिरासतमा राखिएकी अमेरिकी नागरिक’ मात्र उल्लेख गरेका थिए ।

पछि करारीका वकिल जारेड जेन्सरले रिहा भएकी व्यक्ति आफ्नी मुवक्किल डेना करारी भएको पुष्टि गरे। उनका अनुसार अमेरिकी–इरानी नागरिक करारीलाई शत्रु राष्ट्रसँग सहकार्य तथा जासुसी गरेको आरोपमा इरानमा रोकिएको थियो।

जेन्सरले करारीले सञ्चालन गर्दै आएको ‘चिल्ड्रेन अफ मेहर फाउन्डेसन’ नामक गैरनाफामूलक संस्थामार्फत निजी सहयोगबाट इरानका विपन्न बालबालिकालाई सहायता उपलब्ध गराउँदै आएको र यही गतिविधिका कारण उनी इरानी अधिकारीहरूको निगरानीमा परेको दाबी गरे।

उनका अनुसार करारीलाई औपचारिक रूपमा जेलमा नराखिए पनि देश छोड्न प्रतिबन्ध लगाइएको थियो। साथै, इरानको गुप्तचर तथा सुरक्षा निकायले उनीसँग पटक–पटक सोधपुछ गरेको र त्यसक्रममा शारीरिक तथा मानसिक तनावसमेत भोग्नुपरेको बताइएको छ।

वकिल जेन्सरले इरानसँग अझै हिरासतमा रहेका अन्य अमेरिकी नागरिक तथा राजनीतिक बन्दीलाई पनि रिहा गर्न आग्रह गर्नुभएको छ। पश्चिमी मुलुकहरूले इरानले विदेशी नागरिकलाई कूटनीतिक दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गर्ने आरोप लगाउँदै आएका छन्।

यसअघि गत मे महिनामा अमेरिकाले पनि इरानमा १० वर्ष जेल सजाय भोगिरहेका अमेरिकी स्थायी बसोबासको हैसियत भएका एक इरानी नागरिक रिहा भएको घोषणा गरेको थियो।

गत महिना अमेरिका र इरानबीच मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भए पनि त्यसयता दुवै देशबीच पुनः सैन्य तनाव बढ्दै गएको छ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ५ : ५७ बजे

सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी

दमास्कस – सिरियाले बिहीबार इराकसँगको आफ्नो सीमाबाट मिसाइलसहितको भारी हतियार

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व : मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक

ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…

काठमाडौं- औपचारिक निर्णय भइनसके पनि नेकपा एमाले- नेपाली कांग्रेस गठबन्धन

विष्णु पौडेलविरुद्ध झन्डै २१ करोड बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा नेकपा