ब्राउन सुगरसहित एक जना पक्राउ « Khabarhub

ब्राउन सुगरसहित एक जना पक्राउ


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको संयुक्त टोलीले निजलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्य, दार्जिलिङ जिल्ला, खोरीबारी ग्रामपञ्चायत बस्ने ३४ वर्षीय कमल बर्मन रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिर्तामोड नगरपालिका–५ मा रहेको देउराली होटलमा लागूऔषधको अवैध खरिदबिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो ।

होटलको कोठामा बसिरहेका बर्मनलाई जाँच गर्दा निजको साथबाट प्लास्टिकबाहेक ३१ ग्राम ९७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए । शुक्रबार साँझ पक्राउ परेका बर्मनमाथि इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १२ : १८ बजे

स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने

एजेन्सी– लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी

नेपालको राजनीतिमा ‘वनाना रिपब्लिक’

सर्वप्रथम हामीले ‘वनाना रिपब्लिक’ भनेको के हो ? कहाँबाट सुरु

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौं– यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले

मधेस विश्वविद्यालयमा तीन नयाँ शैक्षिक कार्यक्रम विस्तार हुँदै

जनकपुरधाम- मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८३ देखि थप तीन वटा

गत आवमा नेपालगन्ज भन्सारबाट २० अर्ब राजस्व संकलन

नेपालगञ्ज–  नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२-८३ मा २०