इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी « Khabarhub

इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा प्रहार गरेको दाबी गरेको छ । इरानी सरकारी टेलिभिजनले शनिबार प्रसारण गरेको सैन्य विज्ञप्तिमा यस्तो उल्लेख गरिएको हो ।

विज्ञप्तिअनुसार कुवेतको अल–अदिरी शिविरस्थित गोलाबारुद भण्डारण केन्द्र, अली अल–सलेम सैन्य आधारका मुख्यालय भवन, गोलाबारुद डिपो तथा सञ्चार पूर्वाधारलाई निशाना बनाइएको दाबी गरिएको छ ।

त्यसैगरी, जोर्डनको अल–अज्राक सैन्य आधारमा रहेका इन्धन भण्डारण ट्याङ्कीहरूलाई पनि आक्रमण गरिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

यसैबीच, कुवेती सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शत्रुतापूर्ण लक्ष्यहरूलाई अवरोध गर्ने क्रममा विस्फोटका आवाज सुनिएको जनाएको छ ।

बहराइनको गृह मन्त्रालयले पनि शनिबार हवाई आक्रमणको चेतावनीस्वरूप साइरन बजाइएको पुष्टि गरेको छ । बहराइनमा अमेरिकी नौसेनाको प्रमुख पाँचौँ बेडा तैनाथ छ ।
 

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १ : ०९ बजे

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट