प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा « Khabarhub

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित युवाहरू सडक आन्दोलनमा उत्रिएका छन् ।

समृद्ध नेपालको आधार निर्माणका लागि आगामी २०८७ सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने भन्दै युवाहरूको एक समूहले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी युवाहरूले प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई थप बलियो बनाउनुपर्ने, १० सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुपर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग अघि सारेका छन् ।

उनीहरुले नेपालका सबै बैंकहरुको पूर्ण राष्ट्रियकरण गर्नुपर्ने, बढ्दो अपराध नियन्त्रणका लागि अपराधीलाई कडा सजाय दिने कानुनी व्यवस्था प्रभावकारी बनाउनुपर्ने माग पनि राखेका छन् ।

यस्तै, सुकुम्बासी, भूमिहीन किसान तथा जग्गाको स्वामित्वबाट वञ्चित वास्तविक नागरिकहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने माग उनीहरुको छ ।

आन्दोलनमा सहभागी युवा अर्जुन विश्वकर्माले देशको समृद्धि र स्थायित्वका लागि राजनीतिक तथा आर्थिक संरचनामा सुधार आवश्यक रहेको बताए।

युवाहरूले हाल सञ्चालनमा रहेका शैक्षिक पाठ्यक्रमलाई पुनर्लेखन गरी सीप र प्रविधिमा आधारित व्यावहारिक शिक्षा प्रणाली विकास गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

प्रदर्शनकारीहरूले आफ्ना माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै आवश्यक परे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ४ : ३३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको