मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध « Khabarhub

मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

चितवन – सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानैदेखि सञ्चालनमा आए पनि जलविरेमा दुर्घटना हुँदा पुनः अवरुद्ध भएको छ।

जिल्ला प्रशासन कार्यालयले शनिबार १० बजेदेखि यस सडकखण्डमा चल्ने सबै किसिमका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहान ७:१५ बजेदेखि सडक खुला गरिएलगत्तै जलविरेमा तीनवटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा सडक अवरुद्ध हुन पुगेको हो।

अहिले सडकमा सवारीको चाप बढेकाले लेन अनुशासन पालना गर्न, तीव्र गतिमा ओभरटेक नगर्न र हतार नगरी सुरक्षित रूपमा सवारी चलाउन स्थानीय प्रशासन र ट्राफिक प्रहरीले चालकलाई आग्रह गरेका छन्। सडक खुलाउने प्रयास भइरहेको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ८ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको