एम्बाप्पेका कारण दबाबमा मेसी, फाइनलमा गर्लान् गोल ? « Khabarhub

एम्बाप्पेका कारण दबाबमा मेसी, फाइनलमा गर्लान् गोल ?


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जेन्टिनी प्लेमेकर एवम् कप्तान लियोलन मेसीका लागि जारी विश्वकपको फाइनल थर्ड प्लेसका लागि भएको खेलले थप दबाबपूर्ण बनाएको छ । थर्ड प्लेसका लागि फ्रान्स र इङल्यान्ड भिडेका थिए । ६-४ गोलले इङ्ल्यान्ड विजयी भयो ।

मेसीलाई विश्वकप जित्न प्रतिष्ठाको दबाब छदै थियो । उनलाई गोल्डेन बुट विजेता बन्न र ‘विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान’ आफ्नै नाममा फर्काउन थर्ड प्लेसको खेलले दबाब सिर्जना गरेको हो ।

थर्ड प्लेसको खेलअघि मेसी विश्वकपमा सर्वाधिक २० गोल गर्ने खेलाडी थिए । यही विश्वपकमा मेसीले यो रकेर्ड बनाए तर फ्रान्सका किलियन एम्बाप्पले लगत्तै तोडे ।

इङ्ल्यान्डसँग २ गोल गरेर फ्रान्सका एम्बाप्पले मेसीको सर्वाधिक गोलको रकेर्ड तोडे । २२ गोलका साथ एम्बाप्पे उक्त कीर्तिमान होल्ड गर्न सफल छन् ।

मेसीलाई उक्त रकेर्ड आफ्नो नाममा फर्काउन स्पेनसँगको खेलमा २ गोलको आवश्यकता छ । फाइनलमा १ गोल गरे यो मेसी र एम्बाप्पेले कीर्तिमान बराबरी गर्नेछन् ।

थर्ड प्लेसको खेलअघि मेसी गोल्डेन बुटको शीर्ष दाबेदार थिए । अहिले एम्बाप्पे खेल सकाएर शीर्ष स्थानमा उक्लिएका छन् ।

एम्बाप्पे १० गोलका साथ गोल्डेन बुट जित्ने बलियो सम्भावनाको अवस्थामा छन् । मेसी ८ गोलको अवस्थामा छन् । अब मेसीले २ गोल गरे भने गोल्डेन बुट असिस्ट संख्याका आधारमा जित्न सफल हुन्छन् ।

अर्थात्, मेसीको मुखमा आइसकेको गोल्डेन बुट एम्बाप्पेले जटिल बनाइदिए ।

गोल्डेन बुट र रेकर्डका कारण एम्बाप्पेले फाइनलमा मेसीलाई दबाबमा राखेका छन् । तर, यो दबाब मेसीको व्यक्तिगत हो ।

मेसीको टिमलाई भने अर्जेन्टिनाको एक मात्रै दाउ स्पेनलाई हराएर विश्वपक जित्ने हो ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ५ : ४१ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र