डेटिङ टिप्स : यस्ता कुरा मन पराउँछन् प्रेमिकाहरु « Khabarhub

डेटिङ टिप्स : यस्ता कुरा मन पराउँछन् प्रेमिकाहरु


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै युवायुवती डेटमा जाने गर्दछन् । तर डेटमा जादाँ कस्तो व्यवहार गर्नुपर्छ भन्ने जानकारी नहुँदा कतिपय प्रेममा असर पर्ने गर्दछ ।

हामी डेटमा जाँदा उपयोगी सात टिप्सहरु दिदैछौँ, जो तपाईंको आउने डेटका लागि उपयोगी हुनसक्छ :

१. बोर हुन नदिनुहोस् :

हरेक ब्यक्ति भेटमा रमाइलो होस् भन्ने चाहन्छन् । अझ डेटिङको भेट हरेक प्रेमिकाको चाहनाअनुसार रमाइलो होस् भन्ने हुन्छ । त्यसैले डेटमा कहिल्यै प्रेमिकालाई बोर हुन दिनुहुँदैन ।

२. चुपचाप नबस्नु :

डेटिङमा कतिपय पुरुष कम बोल्ने गर्दछन् । तर केटीलाई आफ्नो प्रेमी गफ गरिरहोस् भन्ने चाहना हुन्छ । तर चुप नलाग्नु भन्दैमा प्रेमिकाको कुरा काटेर आफँै मात्र बोल्नु भने हुँदैन ।

३. सुझबुझ अपनाउनुस् :

डेटमा जाँदा आफ्नो प्रेमिकाको भावना बुझ्नुहोस् । यदि उनी दुखी छिन् भने कारण पत्ता लगाएर त्यसको समाधानको उपाय दिनुहोस् । कुनै सहयोगको अपेक्षा छ भने त्यसलाई पूरा गर्ने उपाय बताउँनुहोस् । यस्तोमा तपाईंको सुझबुझको निकै ठूलो महत्व हुन्छ ।

४. प्रेमिकाको कुरा सुन्नुहोस्

कतिपय टेलिफोन वा म्यासेजमा भन्न नसकेका कुरा डेटमा जाँदा भन्ने प्रेमिकाको बानी हुन्छ । यस्तोमा उनीहरुको कुरा ध्यान दिएर सुनिदिनु पर्ने हुन्छ । स्वभावत: कतिपय प्रेमिकाहरुमा आफ्नो कुरा सुनाउने बानी पनि हुन्छ ।

५. अनावश्यक फोन नउठाउनुहोस्

प्राय डेटमा जाँदा प्रेमीप्रेमीका बीचको मात्र कुराकानी हुनुपर्छ । यस्तोमा बाहिरबाट आउने टेलिफोन कलले अहसज तुल्याउने गर्दछ । तसर्थ डेटमा भएको बेला बाहिरको कल उठाउनु वा लामो कुराकानी गर्नु हुँदैन । अति आवश्यक कल भए प्रेमिकाकै अगाडि ‘फोन उठाउँछु है’ भनेर अनुमतिका साथ उठाउन सकिन्छ ।

६. वादविवाद नगर्नुहोस्

कुनै पनि डेटमा प्रेमका कुरा वा एकआपसका कुराले मात्र प्रवेश पाउनु पर्छ । तर कतिपय प्रेमी भने राजनीतिक बहस वा देशको माहौलबारे चर्चा गर्न थाल्छन् । यो डेटका लागि सबैभन्दा अनुपयुक्त विषय हो । साथै डेटमा रहँदा कुनै पनि बिषयमा विवाद गर्नु हुँदैन यसले नकारात्मक असर पर्छ ।

७. यौन, चुम्बन र अंकमाल

प्राय प्रेमीहरु डेटमा प्रेमिकासँग चुम्बन गर्न खोज्ने, यौनको चाहना राख्ने वा अंकमाल गर्न चाहन्छन् । जब की डेटमा जाँदा यो गरिहाल्नु पर्छ भन्ने हुँदैन । त्यसैले प्रेमीकालाई चुम्बन, यौन र अंकमालका लागि ढिपी गरेर दबाब नदिनुहोस् ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ३ : १५ बजे

प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह त्यसै पनि कम बोल्ने नेतामा पर्छन्

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का

काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने कम्पनी छनोट

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,

ओलीलाई रिहा गर्न मागसहित तेस्रो दिन पनि एमाले सडकमा (तस्बिरहरू)

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग