दर्शकको आरोपमा ‘कबड्डी’ निर्देशक ‘ह्याप्पी’ ? « Khabarhub

दर्शकको आरोपमा ‘कबड्डी’ निर्देशक ‘ह्याप्पी’ ?


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कबड्डी’ निर्देशन गरेपछि रामबाबु गुरुङले आफूलाई सफल निर्देशकका रुपमा चिनाए । पहिलो फिल्मले नै उनलाई चिनारी दियो । फिल्मले निर्देशकमा रामबाबुलाई मात्र होइन, अभिनेतामा दयाहाङ राईलाई पनि छुट्टै हाइप दियो ।

रामबाबुले त्यसपछि बनाएका फिल्म सबै उस्तै भएको आरोप भने आइरहन्छ । आरोप आइरहेका बेला निर्देशक गुरुङले भने आफूलाई पत्रकारले सबै फिल्म उस्तै बनाएको भन्ने आरोप लगाउँदा खुशी लागेको बताए ।

‘मलाई पछिल्लो समय केही पत्रकार साथीहरुले आरोप पनि लगाउने गर्छन्, तपाईंको सिनेमामा फरक कुरा आएन, खाली ‘कबड्डी’ टाइपकै आयो भनेर आरोप लगाउँछन्,’ उनले भने ‘मलाई खुशी लाग्छ, किनभने ‘कबड्डी’ पनि मैले बनाएको हो, त्यसपछिका ‘कबड्डी’ जस्तै सिनेमा पनि मैले बनाएको हो, ;मेरा फिल्ममा आफ्नो परिचय छ जस्तो लाग्छ ।’

निर्देशक गुरुङका प्रायः फिल्ममा डार्क कमेडी शैली हुन्छ । गाउँका सामान्य कथालाई कमेडी शैलीमा पेश गरेर फिल्म बनाउने गुरुङले फरक स्वादको फिल्म ‘पुरानो डुङ्गा’ निर्देशन गरेका थिए । तर यो फिल्म बक्स अफिसमा फ्लप भएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १ : ५९ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने