Khabarhub

बस दुर्घटनामा २० जना घाइते

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।  नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस आज मध्यविन्दु–८ खजुरी खोलामा दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालकाअनुसार दुर्घटनामा घाइते भएका सबैको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ । …