Khabarhub

गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ स्थगित

काठमाडौं– उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ स्थगित भएको छ । गृहमन्त्री लामिछानेविरुद्ध रिट दिएका अधिवक्ता अनुपम भट्टराईले निवेदन दिएपछि बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा हुन लागेको सुनुवाइ स्थगित गरिएको हो । अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए…