आजका समाचार : आगामी वर्षलाई १८ खर्बको बजेटदेखि सिरोहिया हेलिकप्टरबाट काठमाडौंसम्म  | Khabarhub Khabarhub

आजका समाचार : आगामी वर्षलाई १८ खर्बको बजेटदेखि सिरोहिया हेलिकप्टरबाट काठमाडौंसम्म 


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

सहकारी ठगी छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन
सहकारी ठगी प्रकरण छानबिनका लागि सरकारले संसदीय समिति गठन गरेको छ ।

सरकारले मंगलबार ७ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरिएको संसद् सचिवालयले जनाएको छ ।


समितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमालेबाट दुई–दुई र नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद राखिएको छ ।

संसद सचिवालयका अनुसार कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापाक्षेत्री छन् ।

यस्तै माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधानलाई संसदीय समिति सदस्य तोकिएको छ ।

सहकारी प्रकरण : कार्यदलमा चार बुँदे सहमति

सहकारी ठगी प्रकरण : छानबिन संसदीय समितिको संयोजक सूर्य थापा

संसदीय समिति बनाउने सहमति कांग्रेसबाट अनुमोदन

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन, अब संसदीय समिति बन्ने

प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने, ‘सहकारीको छानबिन अब फास्ट ट्रयाकमा अघि बढ्छ’

यी हुन् संसदीय समितिको छानबिनमा तानिने सहकारीहरू

रबि जोडिएको गोरखा मिडियासहित सबै छानबिनको दायरामा आउँछन् : कांग्रेस

आगामी बजेट

सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट अनुमान सार्वजनिक गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट अनुमान सार्वजनिक गरेका हुन्‌ ।

कूल विनियोजनमा चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ (६१.३१ प्रतिशत) छुट्याइएको छ ।

पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड (१८.९४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ (१९.७४ प्रतिशत) विनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिएका छन्‌ ।

यो खर्च अनुमान चालू आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित तुलनाको अनुमानमा २१.५६ प्रतिशतले बढी हो ।

बढेन कर्मचारीको तलब

आगामी बजेटमा बजेटरी सुधारको संकेत देखिएन : कांग्रेस

संघीय निजामती कानून यसै अधिवेशनबाट पारित गर्ने लक्ष्य

बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई १ अर्ब ५० करोड विनियोजन

शान्ति कोष स्थापनाका लागि १ अर्ब विनियोजन

निःशुल्क कानूनी सहायता कार्यक्रम सबै जिल्लामा विस्तार हुने

सरकारले कारागारलाई सुधार गृहको रूपमा विकास गर्ने

मानसिक अस्पताल पाटनको क्षमता विस्तार गरिने

खेलकुद मन्त्रालयलाई तीन अर्ब ५० करोड विनियोजन

सरकारले ‘हाम्रो बा आमा हाम्रो जिम्मेवारी’ कार्यक्रम गर्ने

प्रदेश र स्थानीय तहका लागि पाँच खर्ब ६७ अर्ब विनियोजन

 जनकपुरलाई विवाह गन्तव्य बनाइने

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज योजनाको घोषणा

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड
सरकारले आगामी आर्थिक वर्षलाई ‘महिला लगानी वर्ष’का रुपमा मनाइने घोषणा गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत आर्थिक वर्ष २०८१(०८२ को बजेटमा यस्तो घोषणा गरिएको हो ।

महिलामाथि हुने हिंसाविरुद्धको अभियानका रुपमा सरकारले महिला लगानी वर्ष मनाउने भएको हो । उनले महिला उद्यमीलाई प्रवर्द्धन गर्न ‘कोसेली घर’ समेत स्थापना गरिने बताएका छन् ।


सरकारले ‘प्रधानमन्त्री छोरी कार्यक्रम’ का लागि १० करोड विनियोजन गरेको छ । ‘युवा महिला राष्ट्रिय महिला’ कार्यक्रम आयोजना अघि सार्ने बजेट वक्तव्यमा उल्लेख छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई रु एक अर्ब ६० करोड रकम विनियोजन गरिएको छ ।

वन मन्त्रालयलाई १५ अर्ब ७० करोड बजेट विनियोजन

द्रुतमार्गलाई २२ अर्ब ५४ करोड बजेट विनियोजन

सरकारले राजस्व प्रणालीमा सुधार गर्ने

सरकारले बझाङको साइपाल गाउँपालिकामा बैंक स्थापना गर्ने

एक हजार कक्षाकोठा निर्माणको लागि २ अर्ब ५० करोड विनियोजन

विद्यार्थी छात्रवृति कार्यक्रमको लागि ६० करोड विनियोजन

शिक्षक दरबन्दीको पुनर्विचार गरिने

पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लालाई मार्सी धान करिडोरका रुपमा विकास गरिने

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन

चिकित्सालगायत प्राविधिक शिक्षा छात्रवृत्तिका लागि सम्बद्ध कानुन परिमार्जन गरिने

अल्लोबाट बनेको छ अर्थमन्त्रीले बोकेको बजेट पुस्तिकाको ‘ब्रिफकेस’

सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा सैनिकमञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न भएको बताए ।

राष्ट्रपति पौडेल गणतन्त्र दिवस समारोहमा सरिक

अहिलेको व्यवस्थाले सबैलाई अवसर दिएको छ : मधव नेपाल

जनमुखी विकासका लागि प्रेरणा मिलोस् : सभामुख घिमिरे

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : ओली

गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल हुन्छ : देउवा

गणतन्त्र शासकीय पद्धति र जीवनशैली पनि हो : प्रधानमन्त्री

गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ :राष्ट्रपति

सिरोहियालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो
नागरिकता कसुरमा सात दिनदेखि धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

हिरासतमा रहँदा स्वास्थ्य बिग्रिएपछि अध्यक्ष सिरोहियालाई उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं लगिएको हो ।


उनलाई काब्या अस्पतालका चिकित्सकले उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल लैजान रेफर गरेका थिए । चिकित्सकको सिफारिस अनुसार अहिले सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौं लगिएको हो ।

सिरोहिया बिरामी, उपचारका लागि काठमाडौं लैजाने तयारी

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा

एमाले कोशीको संसदीय दलको उप नेतामा तिलकुमार मेन्याङ्बो

ढुंगा खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु
लगातार वर्षापछि मिजोरामको राजधानी आइजोलमा ढुंगाको थुप्रो खस्दा दश जनाको ज्यान गएको प्रहरी अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार, आइजोलको बाहिरी इलाकामा भारी वर्षाका कारण भएको घटनामा मिजोरामका प्रहरी महानिर्देशक अनिल शुक्लाले सुरुमा सात जनाको मृत्यु भएको पुष्टि भएपनि रिपोर्टमा मृतकको सङ्ख्या बढेर दश पुगेको छ ।


दुर्घटनाका कारण मानिसको मृत्यु हुनुका साथै रूख तथा बिजुलीका खम्बाहरू उखडिएका छन् भने बाढीका कारण धेरै सडक दुर्गम भएका छन् । मिजोरामका डीजीपीले राज्यका विभिन्न भागबाट धेरै पहिरोका घटना भइरहेको जनाएको छ ।

धावनमार्गमा युनाइटेड एयरलाइन्सको विमानमा आगलागी

पपुवा न्यूगिनिमा सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी

उत्तर कोरियाले दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्ने

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ७ : ५९ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार