Khabarhub

संसद् भवन निर्माण प्रक्रिया ढिलाइमा सभामुखको असन्तुष्टि

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको निर्माण सुस्त गतिमा भएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गर्दै सभामुख घिमिरेले सरकारको प्राथमिकतामा परेको आयोजना छिटो बनोस् भन्ने चाहना रहे पनि तोकिएको समयमा निर्माण नभएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले निर्माणाधीन सङ्घीय संसद् भवन कहिले बन्छ भन्दा…