Khabarhub

मकै र कोदो खेतीको विकल्पमा किबी

म्याग्दी– किबी खेतीमा संलग्न थिएनन् भने बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेका थिए।  विस. २०७५ मा बेलायत जाने तयारी गरेका लालबहादुरको योजना वडा कार्यालयले सञ्चालन गरेको किवी खेती सम्बन्धी तालिममा सहभागी भएपछि स्थगित भयो । 'दुई वर्ष मलेसिया र एक वर्ष बहराइनमा काम…