Khabarhub

राष्ट्रियसभा बैठक : ‘सडक यात्रालाई सुरक्षित बनाउन विलम्ब नगरौँ’

काठमाडौं- राष्ट्रियसभाका सांसदहरूले सडक दुर्घटनाका कारण बर्सेनि ठूलो सङ्ख्यामा नागरिकले ज्यान गुमाएकामा चिन्ता व्यक्त गर्दै सडक यात्रालाई सुरक्षित बनाउन विलम्ब गर्न नहुने बताएका छन् । सभाको आजको बैठकको ‘प्रादेशिक सरोकार’ समयमा उनीहरूले सडक दुर्घटना न्यूनीकरणका लागि नयाँ योजना ल्याउन सरकारको ध्यानाकर्षण गराए । सडक यात्रालाई सुरक्षित बनाउन राष्ट्रले नयाँ ढङ्गले सोच्नुपर्नेमा उनीहरूको जोड थियो ।…