Khabarhub

कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थपियो

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न धनुषा अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत धनुषाले सिरोहियालाई तेस्रो पटक थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । न्यायाधीश यदुराज शर्माको इजलासले अध्यक्ष सिरोहियालाई लागेको नागरिकता कसुरसम्बन्धी आरोपको अनुसन्धान गर्न थप ३ दिनको समय दिएको हो…