Khabarhub

जनकपुरमा एक पुरुषको शव फेला

जनकपुर – धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। धनुषाको जनकपुर उपमहानगरपालिका–१० जानकी मन्दिरको उत्तर गेट अगाडी सडकको छेउमा पहिचान खुल्न नसकेका एक पुरुषको शव फेला परेको प्रहरीको भनाइ छ। अन्दाजी ५५ वर्ष उमेर देखिने पुरुषको शव फेला परेको र घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।