‘नेता-कार्यकर्ताको मुद्दा फिर्ता हुने प्रस्ताव खारेज हुनुपर्छ’ « Khabarhub

‘नेता-कार्यकर्ताको मुद्दा फिर्ता हुने प्रस्ताव खारेज हुनुपर्छ’


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसदहरुले हिंसात्मक क्रियाकलापमा संलग्न भएका राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिन सक्ने प्रस्ताव खारेज हुनुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरुले राजनीतिलाई अनुशासित र मर्यादित बनाउनुपर्ने भन्दै राजनीतिको मूलधारमा ल्याउने नाममा मुद्दा फिर्ता लिन सक्ने प्रस्ताव खारेज गर्नुपर्नेमा जोड दिएका हुन् ।

हिंसात्मक क्रियाकलापको अपराधलाई राजनीतिक आवरणमा छुट दिन नहुने उनीहरुको भनाइ छ । बैठकमा समिति सदस्य रघुजी पन्तले राजनीतिक गतिविधिहरु शान्तिपूर्ण हुने कुरा संविधानमा रहेको भन्दै त्यसविपरीत कुनै कानुन ल्याउन नहुने बताए ।

हिंसात्मक क्रियाकलापमा लागेर पैसा कमाउने र त्यसपछि राजनीतिमा आउने बाटो दिन नहुने उनको भनाइ छ । उनले प्रस्तावित प्रावधान जस्ताको तस्तै पारित भए अपराधीहरुलाई राजनीतिक आवरणमा हत्या हिंसा मच्चाउने बाटो खुल्ला हुने उल्लेख गरे ।

त्यस्तै, समिति सदस्य सुमना श्रेष्ठले राजनीतिक आवरणमा अपराधीहरुलाई प्रोत्साहन गर्ने प्रावधान हटाउनुपर्ने बताइन् । उनले उक्त प्रावधान राख्नुले नियतमा शंका गर्ने प्रयाप्त आधारहरु देखिएको बताइन् ।

त्यस्तै, समिति सदस्य ज्ञानेन्द्र शाहीले कुनै पनि दलले राजनीतिक आस्थाका आधारमा अपराध गरेपछि उन्मुक्ति दिदा मुलुक अफगानिस्तान हुने खतरा रहेको बताए ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अहिलेको प्रस्ताव तत्कालिन अवस्थामा समस्या सम्बोधन गर्न ल्याइएको भन्दै अहिले सांसदहरुको सुझावहरुलाई स्वीकार गरेर अघि बढ्ने बताए । उनले उक्त प्रावधानकै आधारमा आफ्नो नियतमा प्रश्न नगर्न आग्रह गरे । उनले विधेयक समितिमा आएपनि त्यसलाई समृद्ध बनाएर पठाउन सक्ने जिकिर गरे।

उनले समितिको निष्कर्षलाई सरकारले स्वीकार गर्न तयार रहेको बताए । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा ६४ मा शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन मुद्दा फिर्ता सकिने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ४ : ४८ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’