Khabarhub

ताप्लेजुङको फुङ्लिङमा आगलागी, पाँच लाख बराबरको क्षति

ताप्लेजुङ–  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एक घरमा आगलागी भएको छ । फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए । फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको थियो…