Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बृहत् राजनीति संवाद गर्ने भएको छ। शुक्रबार नेपाल हाउस बालुवाटारमा बृहत् राजनीति संवाद आयोजना गर्न लागेको उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिए। यसका लागि विभिन्न वैकल्पिक राजनीतिक दलहरूलाई निमन्त्रणा गरिएको छ। रास्वपाको निमन्त्रणामा ठूला दलहरू भन्दा वैकल्पिक दलहरू उपस्थित हुने बताइएको छ। यस्तै वैकल्पिक उदयमान शक्तिहरूलाई पनि निमन्त्रणा गरिएको बुझिएको छ।