Khabarhub

भारी वर्षासँगै काठमाडौं उपत्यकाभित्रै हिमपात

काठमाडौं– आज (बिहीबार) बिहानै देखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ । वर्षासँगै हिमपात पनि परेको छ । हिजो (बुधबार) पनि उपत्यकासहित देशभरका विभिन्न ठाउँमा वर्षा हुनुका साथै केही ठाउँमा असिना परेको थियो भने मनाङ, मुस्ताङमा हिमपात नै परेको थियो । हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ ।…