Live on
Your Voice, Your Power
रामपुर– कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तितेपातीको प्रयोगबाट स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो । तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो प्रयोग भएको विश्विद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिए । सो स्यानिटाइजर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तयार पारिएको सापकोटाले बताए…