Live on
Your Voice, Your Power
रौतहट- गरूडा नगरपालिका-३ मलाही टोल बस्ने ४० वर्षीय मनोज सहनीको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरको कलमा नयाँ मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।