समाचार Archives | Page 104 of 7415 | Khabarhub Khabarhub

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– आज प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ ।  बिहान ११ बजे बस्ने बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदनमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ । यसअघि आइतबार बसेको बैठकले चेक अनादरमा एक महिनादेखि दुई वर्षसम्म सजाय र ५ प्रतिशत जरिवाना गर्ने विषयमा सहमति गरेको थियो ।