Live on
Your Voice, Your Power
काठमाडौँ- बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एक दिन पछाडि सरेको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण बिहीबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए । हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान निधन भएको थियो ।