समाचार Archives | Page 161 of 7421 | Khabarhub Khabarhub

पूर्वराष्ट्रपति भण्डारीद्वारा रक्षाबन्धन ग्रहण

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन ग्रहण गरेकी छन् ।  उनले वेद विद्याश्रम वनकालीका गुरु शालिकराम ढकालसहित बटुकहरूबाट रक्षाबन्धन ग्रहण गरेकी हुन् । त्यस अवसरमा बटुकहरूले स्वस्ति वाचन गरेका थिए । जनैपूर्णिमा (रक्षाबन्धन) का दिन गुरु पुरोहित, आफन्तजन एवं इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्ने परम्परा रहिआएको छ ।