चिसो बढेपछि कालीगण्डकीमा जलयात्रा बन्द | Khabarhub Khabarhub

चिसो बढेपछि कालीगण्डकीमा जलयात्रा बन्द


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पर्वत– चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्‍याफ्टिङ (जलयात्रा) बन्द भएको छ ।

वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरिएको हो । आइतबार अन्तिम टोलीले तीन दिनको जलयात्रा पूरा गरेसँगै यस वर्षको जलयात्रा बन्द गरिएको रिभर एक्सप्लोरर नेपालका सञ्चालक होम पुनले जानकारी दिए ।

पहिलो याममा सेप्टेम्बरमध्यदेखि नोभेम्बर अन्तिम सातासम्म सञ्चालन गरिएको हो । विगतका वर्षभन्दा ढिलोगरी चिसो बढेकाले यस वर्ष दुई साता ढिलोसम्म र्‍याफ्टिङ सञ्चालन गरिएको पुनले बताउनुभयो । नदीमा पानी अत्यधिक चिसो भइसकेकाले अब मार्चदेखि जुनसम्म अर्को यामको जलयात्रा सुरु हुने उनको भनाइ छ ।

छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा आउने पर्यटक कोभिड सङ्क्रमणपछि यस वर्ष उच्च रहेको सलोम र्‍याफ्टिङ ट्रेक एण्ड एक्सपेन्डिसनका सञ्चालक देव रेग्मीले जानकारी दिए । उनका अनुसार लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । र्‍याफ्टिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकको पनि आकर्षण बढ्दै गएको उनले बताए ।

कालीगण्डकी नदीमा यस वर्ष तीन हजारभन्दा बढीले जलयात्रा गरेको रेग्मीले बताए । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन कोभिडपछि यस वर्ष उच्च मात्रामा बढेको रेग्मीको भनाइ छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ११ : ४९ बजे

कर्णालीलाई सुरुवाती झट्का, चौथो ओभरमै दुई ओपनर आउट

काठमाडौं–नेपाल प्रिमियर लिग अन्तर्गतको पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सका दुई

भ्रष्टचार मुद्दामा बयान दिन इजरायली प्रधानमन्त्री अदालतमा

एजेन्सी – इजरायली अदालतमा भ्रष्टाचारका धेरै आरोपहरू सामना गरिरहेका प्रधानमन्त्री

नाबालिग बलात्कार आरोपमा पक्राउ परे बिर्तामोडका पूर्वमेयर शिवाकोटी

काठमाडौं–झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी नाबालिगलाई बलात्कार गरेको आरोपमा

नारायणगढ–बुटवल सडक : म्याद थपिएको चार महिनापछि काम सुरु

नवलपुर – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको

बासिस्टोको बलिङसामु निरीह पोखरा, कर्णालीलाई १०४ रनको चुनौती

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले पोखरा एभेन्जर्ससबाट