Live on
Your Voice, Your Power
काठमाडौँ– महानगरीय प्रहरी परिसर ललितपुरले जुवा खेलिरहेका १७ जनालाई ठूलो परिमाणको नगदसहित पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट ३० लाख ८४ हजार रुपैयाँसमेत बरामद भएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी किरण बज्राचार्यले बताइन् । प्रहरीले जुवाखालबाट कौडा र तास समेत बरामद गरेको छ ।