Live on
Your Voice, Your Power
काठमाडौं– थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआ समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाइ नरेशसँग शिष्टाचार भेट गरेका थिए । त्यस अवसरमा…