Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष हाल नेपाल भ्रमणमा रहेका ‘ग्लोबल काउन्सिल फर टलरेन्स एण्ड पिस’ संस्थाका अध्यक्ष अहमद अल जरावानको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले आज राष्ट्रपति भवन, महाराजगञ्जमा शिष्टाचार भेट गरेको छ । उक्त अवसरमा प्रतिनिधिसभाका सदस्य हृदयेश त्रिपाठी, प्रतिनिधिमण्डका विभिन्न आठ देशका संस्थासँग आबद्ध सदस्य तथा सांसदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति थियो ।