राजनीति Archives | Page 1260 of 2053 | Khabarhub Khabarhub

कार्यबाहक प्रधानमन्त्रीको जिम्मा बालकृष्ण खाणलाई

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिइएको छ। प्रधानमन्त्री देउवा आज तीनदिने भारत भ्रमणमा गएपछि प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठतम मन्त्री गृहमन्त्री खाणलाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् । प्रधानमन्त्री देउवा चैत २१ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।