Live on
Your Voice, Your Power
काठमाडौं- संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गरेका छन् । सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितको टोलीले बैठक कक्षको अवलोकन गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी बैठक आह्वान गरेका छन् ।