Live on
Your Voice, Your Power
सुर्खेत- नेकपा एमालेले सोमबारबाट लागु हुने गरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । यसको भोलिपल्ट सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्ता नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।