अपराध « Khabarhub

सप्तरीमा युवकको शव फेला, प्रहरीले थाल्यो अनुसन्धान

सप्तरी - सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको छ । सोमबार बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ । युवकको परिचय खुल्न नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।