आफ्नै बुहारीको हत्या आरोपमा सासु-ससुरा पक्राउ « Khabarhub

आफ्नै बुहारीको हत्या आरोपमा सासु-ससुरा पक्राउ


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

कैलाली- आफ्नै बुहारी २७ वर्षीया कौशी भन्ने कविता बुढाको हत्या गरेको अभियोगमा कैलालीको गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ५२ वर्षीय डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीया लहरी बुढालाई प्रहरीले पक्राउ गरेको छ । 

कविता यही जेठ १८ गतेबाट हराएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हत्या गरी गौरीगंगा नगरपालिका-१ केदारेश्वर सामुदायिक वनस्थित सुख्खा नालामा खाल्डोमा गाडेको अवस्थामा कविताको शव फेला परेको थियो ।

घरको काम नगर्ने, आफुखुशी गर्ने भनी निहुँ खोज्दै विवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी कवितालाई डिल्लीले टाउकोमा चिरपट दाउराले प्रहार गरी हत्या गरेपश्चात् डिल्ली  र उनकै श्रीमती लहरी मिलेर शवलाई डोकोमा हाली  वनमा लगेर गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 

साथै प्रतिवादी डिल्लीलाई लुकाई छिपाई राख्न सहयोग गर्ने भजनी नगरपालिका-४ बस्ने ४१ वर्षीय जयवीर बुढालाईसमेत प्रहरीले पक्राउ गरेको छ । 

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ३ : ०१ बजे

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका