अपराध « Khabarhub

वीरेन्द्रनगरबाट १३ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी

सुर्खेत- वीरेन्द्रनगर नगरपालिका-४ खोर्केखोला लाइन बस्ने ५५ वर्षीय भरत शाहीको घरबाट सुनका विभिन्न गरगहना र नगद ५० हजार रुपैयाँ गरी करिब १३ लाख ६१ हजार ७ सय  ८६ रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।