सेना « Khabarhub

प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

लमजुङ - प्रधानसेनापति पूर्णचन्द्र थापाले त्रिशुलीस्थित श्री नं.१ तालिम गण र लम्जुङस्थित श्री श्रीजंग गणको निरीक्षण भ्रमण गरेका छन् । शुक्रबार प्रधानसेनापति थापाले उक्त गणहरुको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए । साथै, उनी शनिबार काठमाडौं फर्किनेछन् ।