Live on
Your Voice, Your Power
एजेन्सी- अफगानिस्तानको उत्तरी चारिकार क्षेत्रमा ५.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १९ किलोमिटर गहिराईमा थियो । भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त भइनसकेको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।