Live on
Your Voice, Your Power
भारत- भारतीय उत्तरपूर्वी राज्य आसाम राज्यमा विगत केही दिनदेखि परेको वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु भएको छ । राज्य सरकारका अधिकारीहरूले पहिरोमा परी २० जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आसामको चचार, हैलाकाँडी, करिमगञ्जलगायतका जिल्लामा पहिरो गएको छ । प्राप्त सूचनाअनुसार चचारमा सात, हैलाकाँडी सात र करिमगञ्जमा छ जनाको मृत्यु भएको हो…