भारत र चीनबीच पूर्वीलद्दाखमा फायरिङ, तनाव बढ्ने संकेत « Khabarhub

भारत र चीनबीच पूर्वीलद्दाखमा फायरिङ, तनाव बढ्ने संकेत


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा फायरिङ भएको छ ।

सोमबार राति भारत-चीनबीचको विवादित पूर्वीलद्दाखमा भारतले चेतावनी फायरिङ गरेपछि चीनले पनि जवाफी फायरिङ गरेको चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले जनाएको छ ।

तस्वीर : गेट्टी इमेज

भारतीय सेनाले सीमा पार गरेर फायरिङ गरेको र अवस्थालाई स्थिर गर्न बाध्य भएर जवाफी कारबाही गर्नुपरेको चिनियाँ सेनालाई उदृत गर्दै टाइम्सले जनाएको छ ।

भारतीय समाचार एजेन्सी एएनआइले समेत पूर्वीलद्दाख सीमामा फायरिङ भएको उल्लेख गरेको छ ।

चीनको सेनाका प्रवक्ता सिनियर कर्नेल जोंग शियुलीले विज्ञप्ति जारी गर्दै भारतीय सेना भारत-चीन सीमा पार गरेर पन्गोग त्सो लेकको दक्षिणी किनाराको पहाड नजिक शेनपाओ पहाडको इलाकामा घुसेको बताएका छन् ।

चीनले यो उल्लंघनपछि भारत र चीनबीच पछिल्लो पटक बनेको सहमतिको गम्भीर उल्लंघन भएको जनाउदै तनाव बढ्न सक्ने संकेत गरेको छ ।

तस्वीर : गेट्टी इमेज

चीनले यसबाट दुवै पक्षमा असमझदारी बढ्ने र यो कदम सेनालाई उत्तेजित बनाउने कदम भनेको छ । चीनले भारतलाई सीमा क्षेत्रमा यस्ता गतिविधि बन्द गर्न र सीमाबाट सेना फिर्ता लैजान आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

केही दिनअघि भारत र चीनका रक्षामन्त्रीको मस्कोमा छलफलपछि भएको यो घटनाले अब तनाव थप बढ्ने संकेत देखिएको छ ।

चिनियाँ सेनाले सीमावर्ती भारतीय राज्यबाट पाँचजना नागरिकहरूलाई कब्जामा लिएको समेत भारतले दाबी गरेको छ ।

गत जुनमा भएको एउटा हिंसात्मक झडपमा २० भारतीय सैनिकहरू मारिएका थिए। त्यस घटनामा कति चिनियाँ मारिए भन्ने प्रष्ट छैन।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ७ : ४६ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम