Live on
Your Voice, Your Power
सुनसरी- जिल्ला प्रहरी कार्यालय सुनसरीले लकडाउन उल्लंघन गर्ने ७५ जनालाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि गरिएको लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । नियन्त्रणमा लिइएकालाई सामाजिक दूरी, कोरोनाबाट बच्ने उपायलगायत विषयमा प्रशिक्षण दिएर छाडिएको प्रहरीले जनाएको छ ।