Live on
Your Voice, Your Power
चितवन- पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । अन्दाजी ४० वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ३२६ नम्बरको बसले बुधबार पैदलयात्रीलाई ठक्कर दिएको थियो । घाइतेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो…