देश/प्रदेश Archives | Page 2 of 2072 | Khabarhub Khabarhub

पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कैलाली- धनगढी उपमहानगरपालिका-७ जेबी चोकस्थित बिजुली पोल गाड्ने क्रममा हाइटेन्सनको तारबाट करेन्ट लागेर गोदावरी नगरपालिका-९ बस्ने १८ वर्षीय अमृत चौधरीको आइतबार साँझ मृत्यु भएको छ ।  करेन्ट लागेर गम्भीर घाइते भएका उनको संजिबनी अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।