देश/प्रदेश Archives | Page 266 of 2017 | Khabarhub Khabarhub

कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

कैलाली-  घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिह विककी छोरी १५ वर्षीया ममता विकको चट्याङ लागेर सोमबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँस्थित पसलबाट घर फर्कने क्रममा अचानक चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।