देश/प्रदेश Archives | Page 359 of 1738 | Khabarhub Khabarhub

दार्चुलामा एक बालिकाको शव फेला 

धनगढी– दार्चुलामा एक बालिकाको शव फेला परेको छ। जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटस्थित महाकाली नदीको किनारमा एक बालिकाको शव फेला परेको हो।  सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार महाकाली नदीको किनारमा नाम थर, वतन नखुलेकी अन्दाजी १४-१५ वर्षीया बालिकाको शव मंगलबार दिउँसो फेला परेको हो।  घटनाको प्रहरीले थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।