Live on
Your Voice, Your Power
धनगढी– दार्चुलामा एक बालिकाको शव फेला परेको छ। जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटस्थित महाकाली नदीको किनारमा एक बालिकाको शव फेला परेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार महाकाली नदीको किनारमा नाम थर, वतन नखुलेकी अन्दाजी १४-१५ वर्षीया बालिकाको शव मंगलबार दिउँसो फेला परेको हो। घटनाको प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।