देश/प्रदेश Archives | Page 583 of 2049 | Khabarhub Khabarhub

लागूऔषधसहित तीन जना पक्राउ

म्याग्दी- म्याग्दीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको बेनी नगरपालिका ९ गलेश्वरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ केजी ७ सय ग्रामसहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।