कृत्रिम गर्भाधारण गर्न पशु प्राविधिक निःशुल्क « Khabarhub

कृत्रिम गर्भाधारण गर्न पशु प्राविधिक निःशुल्क


१७ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

इलाम- इलामको देउमाई नगरपालिका–४ ले किसानका लागि दुई पशु प्राविधिक निःशुल्क खटाएको छ । पशुको कृत्रिम गर्भाधारणका लागि वडाकै बजेटबाट दुई पशु प्राविधिक खटाइएको हो ।

यसवर्ष पशुमा लाग्ने रोग लम्पी स्किनको महामारीबाट धेरै किसानका पशु मरेको तथा बिरामी परेका कारण किसानलाई राहतस्वरुप प्राविधिक कर्मचारी खटाइएको वडाध्यक्ष भीमलाल खनालले बताए । उनले नश्ल सुरधारमा समेत किसानलाई यस कार्यक्रमले राहत मिल्ने विश्वास लिएको बताए ।

लम्पी स्किनको सङ्क्रमणले किसानका पशु बिरामी परेको तथा मरेका कारण पनि किसानलाई पशुमा गर्भाधारणमा समस्या हुँदै आएको थियो । यो कार्यक्रमले किसानलाई समेत राहत मिलेको छ । गाईभैँसीको कृत्रिम गर्भाधारणमा किसानले कुनै प्राविधिक बापतको रकम तिर्नु पर्दैन ।

उन्नत जातका पशु उत्पादनमा वडावासीलाई हौसला बढाउनसमेत यो कार्यक्रमले फाइदा मिल्ने विश्वास लिइएको छ । यस कार्यक्रमले किसानले राहत पाएको महसुस गरे यसलाई निरन्तरता दिइने वडाध्यक्ष खनालले बताए ।

यस वडामा बजार क्षेत्र भए पनि उत्तिकै मात्रामा पशुपालन गर्ने किसानसमेत छन् । याक्सी, मझुवा, धुसेनीको माथिल्लो क्षेत्रमा बढी पशुपालन हुँदै आएको छ । किसान मैत्री काम गर्न वडा तथा पालिकाले लाग्नुपर्ने भएकाले पनि सो कार्यक्रमको सुरुवात गरिएको वडा कार्यालयले जनाएको छ । कृषिसँगै स्वास्थ्य, शिक्षा, सडक, पर्यटन लगायतका क्षेत्रमा समेत वडाले थप नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  २ : ३६ बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय